भक्तपुर नगरपालिका द्वारा उत्कृष्ट खेलाडी सम्मानित

भक्तपुर, २४ असार २०७४। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विसं २०७३ मा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल १८ खेलका २८ जना खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडीका रुपमा विहिवार आयोजित कार्यक्रममा सम्मान गर्नुभएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा एथलेटिक्सका अन्तर्राष्ट्रिय खेलाडी कान्छीमाया कोजुसहित फुटबलका किशोर सुवाल, बुद्धीचालका विक्रम जती र सविना श्रेष्ठ, बास्केटबलका कृशा डन्डेख्या, लन टेनिसका कृष्ण गोविन्द कासुला, बक्सिङका प्रकाशकुमार विष्ट र नीता गोसाईं, टेबल टेनिसका रेखान तामाङ र मन्जु सुवाल, तेक्वान्दो किरण सितिखु र एलिशा लामा, क्रिकेट राज तुलाधर, शारीरिक सुगठनका अमितकुमार मण्डल रहेका छन् ।

त्यसैगरी उसुका कान्ति लामा र अन्जली श्रेष्ठ, कबडी सिर्जन प्रजापति र कृष्मा दुवाल, जिम्नाष्टिकका उज्वल तिवारी र तारा शिवाकोटी, भलिबल लाक्पा तामाङ र एलिशा भुजु, ब्याडमिन्टनका रविन घेमोसु र पूर्णिमा लाखे, सितेरियो करातेका सुवास परियार र करुणा श्रेष्ठ, किक बक्सिङ प्रकाशबहादुर शाही र भारोत्तोलनका कमला श्रेष्ठ रहेका छन् ।

 

  • 30Read This News:
  • 480524Total reads:
  • 287993Total visitors: