नियात्राकार विनोद खड्काको कृति ‘ओला’ को विमोचन

काठमाडौँ, २४ असार २०७४। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नियात्राकार विनोद खड्काको नियात्रा कृति ‘ओला’ को शुक्रवार विमोचन गर्दै नेपाली साहित्यको उत्थानका लागि भाषासेवीको अथक परिश्रम आवश्यक भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले साहित्यमा नियात्राको छुट्टै विधात्मक महत्व रहेको बताउनुभयो । कृतिमा पोल्यान्डका २१ वर्षीया युवती अलेक्जेन्डरिया ओलासँगको घुलमिललाई आधार बनाइएको छ ।

समालोचक डा लक्ष्मणप्रसाद गौतमले नियात्रामा लेखकले आफन्तसँगको भेटघाट र त्यससँग सम्बन्धित तस्बिर राख्नेजस्ता विकृति बढेको बताउनुभभयो । नियात्राकार युवराज नयाँघरे र दामोदर किशोर तथा नियात्रा समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद भट्टराई र समाजका नेपाल अध्यक्ष राधेश्याम लेकालीले लेखकले पाठकलाई आफू सँगसँगै डुलाउन सकेमा मात्र नियात्राकार आफ्नो परीश्रममा सफल हुने बताउनुभयो ।

 

  • 31Read This News:
  • 511978Total reads:
  • 315181Total visitors: