भक्तपुर, २५ जेठ २०७४। सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले वुधवारबाट आफ्नै फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ ।
विरामीले अब अस्पताल कै फार्मेसीबाट ८ प्रतिशत छुटमा औषधि लिन पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले वताउनु भयो ।
अस्पतालका सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले सरकारको निर्देशनलाई पालना गर्दै सञ्चालनमा ल्याएको अस्पतालको आफ्नै फार्मेसीले २४ सै घण्टा बिरामीलाई सहज र सर्वसुलभ रुपमा औषधि प्रदान गर्ने बताउनुभयो ।


