७५९ बन्दीको बाँकी कैद मिनाहा

काठमाडौँ, १४ जेठ २०७४। गणतन्त्र दिवसका अवसरमा सरकारले ७५९ कैदी बन्दीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले नेपालको संविधानको धारा २७६ बमोजिम चालचलन ठीक भएका बन्दीलाई बाँकी सजाय मिनाहा गरी कारागारबाट रिहा गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

 

  • 43Read This News:
  • 510353Total reads:
  • 313617Total visitors: