काभ्रेपलाञ्चोक, ६ जेठ २०७४। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा (एमाले) बाट टङ्कप्रसाद शर्माले ५ हजार ३ सय ४३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ लामाले ४ हजार ९ सय ६१ मत ल्याउनुभयो ।
त्यस्तै उपप्रमुखमा पनि नेकपा (एमाले) बाट रामदेवी तामाङले ५ हजार १ सय ४७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमला खनालले ४ हजार ४ सय ११ मत ल्याउनुभयो ।


