कमैया बेमौसमी तरकारी खेतीवाट परिवार पाल्दै

दाङ, ६ जेठ २०७४ । ‘कुनै समयमा अरुको घरमा कमैया बस्दै आएका यहाँका किसान बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

आफ्नो खेतबारीमा अहिले लटरम्म काँक्रा, बोडी, करेलालगायतका तरकारी फलेका छन्, तुलसीपुर उपमहानगरपालिका उत्तरकपडादेवीका ५० वर्षीय गोकुल चौधरीले भन्नुभयो – “तरकारी खेतीको आम्दानीबाट नै ८ जना परिवारको जिविकोपार्जन राम्ररी चलेको छ, सबै खर्च कटाएर यसैको आम्दानीबाट मासिक रु २० हजारसम्म बचत हुने गरेको छ ।”

खेतबारीमा फलेका तरकारी उनले तुलसीपुर बजारमा ल्याएर बेच्ने गरेका छन् । काँक्रा, बोडी, करेलालगायतका बेमौसमी तरकारीे फलाएर उनले सबै खर्च कटाई मासिक रु २० हजार आम्दानी गर्ने गरेको बताउँछन् ।

पहिला पहिला अरुको खेतवारीमा ज्याला मजदूरी गरे जसोतसो जिवन निर्वाह गर्दै आएका चौधरीले अहिले आफ्नै खेतवारीमा बेमौसमी तरकारी खेतीगरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

‘ उहाँले दैनिक रु १ हजारदेखि १ हजार ५ सय सम्मको बेमौसमी तरकारी बेच्ने गरेको बताउनुहुन्छ । ‘आफनो व्यवसायबाट म पूर्णरुमा सन्तुष्ट छु, आजभोलि कुनै साहुको घरमा ऋण लिन जानुपदैन, शिक्षा, स्वास्थ्य, घरायसी खर्च यसैबाट चलेको छ, उहाँले भन्नुभयो ।

‘सबै खर्च कटाएर गत वर्ष बचेको रकमले जग्गा किनेको छु, यस वर्ष पनि करिब रु ३ लाख रकम बचत गर्ने लक्ष्य छ, उहाँले भन्नुभयो’ ।

त्यस्तै सोही ठाउँ वस्ने ४४ वर्षीय शेरबहादुर चौधरीले पनि बेमौसमी तरकारी खेतीबाट ६ जनाको परिवार पाल्नुका साथै मासिक रु १७ हजार आम्दानी गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “यसैको आम्दानीले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरायसी खर्च टार्न सहज भएको छ, तरकारी खेतीबाट नै सबै खर्च कटाएर वार्षिक दुईलाख बचत हुने गरेको छ । ”
‘यस भन्दा पहिले अरुको खेती लगाउथे, बीचमा जागिर पनि खायौँ तर त्यसले दुबै छाक खान पनि पुग्दैन्थ्यो, उहाँ भन्नुहुन्छ– हिजोआज आफ्नै जग्गामा तरकारी खेती गरी सबै खर्च कटाएर पनि वाषिक दुई तीन लाख बचत गर्ने गरेको छु ।’

 

  • 55Read This News:
  • 510199Total reads:
  • 313465Total visitors: