टर्की प्रशासनद्वारा कम हुरिएट न्युज पेपरका सम्पादक पक्राउ

टर्की, ३० वैशाख २०७४। टर्कीको रेसेप तैयप एर्डोगानको प्रशासनले विपक्षीको तर्फबाट प्रकाशन हुने पत्रिका ‘कम हुरिएट न्युज पेपर’ का सम्पादकलाई छानबिनका लागि भनी शुक्रबार पक्राउ गरेको पत्रिकाको अनलाइन संस्करणमा जनाइएको छ ।

ओगुज गुभेनको उक्त पत्रिकाले धार्मिक क्रियाकलापबारे लेख्दै आएको थियो । सम्पादक गुभेनले आफूलाई प्रशासनले छानबिनका लागि भन्दै पक्राउ गरेको शुक्रबार नै ट्वीट सन्देशमार्फत पनि जानकारी गराउनुभएको छ ।

बुधबार यहाँका अभियोजक (प्रोसेक्युटर) मुस्तफा अल्परको सडक दुर्घटनामा भएको मृत्युसम्बन्धी लेखलाई मध्यनजर गरी गुभेनलाई पक्राउ गरिएको अनादोलु न्युज एजेन्सीले जनाएको छ । लेखमा प्रयोग भएको भाषाबारे प्रश्न गरिनुको विस्तृत विवरण भने उपलब्ध गराइएको छैन ।

टर्कीको डेनिजली प्रान्तका प्रमुख अभियोजक अल्परले गत वर्षको जुलाई १५ मा भएको असफल राज्य विद्रोहमा उक्त पत्रिकाको स्वघोषित रुपमा अमेरिकामा निर्वासन जीवन बिताइरहेका धर्मगुरु फेतुल्लाह गुलेनको गतिविधिलाई सघाउने गरी समाचार सम्प्रेषण गरेको आरोप पहिलो पटक लगाइएको थियो ।

टर्की सरकारले गुलेनलाई गत वर्षको कु प्रयासको प्रमुख योजनाकार बताउँदै आएको छ भने धर्मगुरुले भने सो दाबीलाई अस्वीकार गर्दै आउनुभएको छ ।

कम हुरिएटका १२ जना पत्रकारसहित वरिष्ठ कर्मचारीहरुलाई आतङ्कवादी सङ्गठनलाई सघाएको आरोपमा मुद्दा लगाइएको छ । मुद्दाको फैसला अझै हुन सकेको छैन ।

 

  • 23Read This News:
  • 449798Total reads:
  • 261187Total visitors: