अप्रिलमा प्राकृतिक विपत्तीका कारण तेइस चिनियाँको मृत्यु

चीन, ३० वैशाख २०७४। चीनमा प्राकृतिक प्रकोपका कारण अप्रिल महिनामा २३ जनाको मृत्यु भएको यहाँको नागरिक मामिला तथा प्रकोप नियन्त्रणका लागि राष्ट्रिय आयोगको मन्त्रालयले शुक्रबार बताएको छ ।

यसबाट १ अर्ब ४३ करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको बताइएको छ ।

मन्त्रालयका अनुसार सो समयमा ११ हजार नागरिक प्राकृतिक प्रकोपका कारण विस्थापित भएका थिए ।

यसबाहेक बाढी तथा पहिरोमा परी कम्तीमा १ हजार घर पूर्णतया भत्केका र १३ हजार ५०० घरमा आंशिक क्षति भएको सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी बाढीले १ लाख १२ हजार हेक्टर भूमिमा लगाइएको खेतीलाई प्रभावित तुल्याएको छ भने ६ हजार ६०० हेक्टरमा लगाइएको बाली पूर्ण क्षति भएको छ ।

 

  • 25Read This News:
  • 485460Total reads:
  • 290381Total visitors: