बालिकालाई यौन दुर्व्यवहार गर्ने दुई वृद्ध पक्राउ

नुवाकोट, २८ वैशाख २०७४ । एक ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डङ्गोल र ६५ वर्षका रामबहादुर खतिवडा रहेका छन् । उनीहरुले २०७२ सालदेखि बालिकालाई यौन शोषण र यौन दुव्र्यवहार गर्दै आएको भनी पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत, नुवाकोटमा जबर्जस्ती करणी अभियोगमा आज मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई वृद्धले बालिकालाई पैसा र खानेकुरा दिएर यौन दुव्र्यवहार गर्दै आएको र उक्त कुरा कसैलाई भनेमा ज्यान लिने धम्की दिएकाले लामो समयदेखि हुँदै आएको घटनाको तथ्य बाहिर आउन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पीडित बालिका मानसिक रुपमासमेत कमजोर बन्दै गएको अभिभावकले बताएका छन् ।

 

  • 35Read This News:
  • 485826Total reads:
  • 290617Total visitors: