राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

अमेरिका, २८ बैशाख २०७४। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गर्नुभएको छ ।

उहाँसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुलाई भन्नुभयो, “रुसको बारेमा र अन्य विभिन्न विषयमा हामीले छलफल गर्यौं ।”

“हामीले सिरियाका बारेमा पनि छलफल गर्यौं, मलाई लाग्छ, सिरियाका बारेमा हामीले सिरियालाई सम्मान गर्दै धेरै राम्रो गर्न गईरहेका छौं, वास्तममा यो सकारात्मक छ,” ट्रम्पले भन्नुभयो । राष्ट्रपति ट्रम्पले आफूहरु मर्ने र मार्ने अवस्थाको अन्त्य गर्न गईरहेको पनि बताउनु भयो ।

पूर्व विदेश मन्त्री किसिङगर आफ्नो लामो समयदेखिको साथी र कूटनीतिक मामिलामा राम्रो दख्खल राख्ने कुटनीतिज्ञ भएको ट्रम्पले बताउनुभयो ।

उहाँलाई भेटेपछि ट्रम्पले रुसका विदेश मन्त्री सेर्गेई लाभरोभसँग पनि राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भेटवार्ता गर्नुभएको छ ।

 

  • 28Read This News:
  • 510149Total reads:
  • 313417Total visitors: