स्थानिय तह निर्वाचनमा गुण्डागर्दी हुन नदिन चक्रे मिलन र दिपक मनाङ्गे हिरासतमा

काठमाडौँ, २६ वैशाख २०७४ । प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट आज पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई आज महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एव्म प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।

उहाँले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताउनुभयो । यही वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले धमाधम राजधानीका गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्दै आएको छ ।

गत आइतबार गुन्डागर्दीमा संलग्न राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

 

  • 28Read This News:
  • 451345Total reads:
  • 262629Total visitors: