अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

पोखरा रङ्गशालाको हातामा नेपालमै बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको पहिलो स्केटिङ्घ ट्रेनिंग सेन्टरको पूर्वाधार निर्माणमा श्रमदान गर्दै विदेशी नागरिकहरु ।

कास्की, १७ वैशाख २०७४। पोखरा रङ्गशालाको हातामा नेपालमै पहिलो अन्तर्राष्ट्रियस्तरको स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । निर्माण सुरु भएको ३ हप्तामै काम सकिएको छ ।

पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता जनाउने विश्वास गरिएको छ ।

पूर्वाधार निर्माणका लागि अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडा, भारतलगायतका ३५ जना विदेशी नागरिकले श्रमदान गरेका थिए ।

यो स्केटिङ खेलको पूर्वाधार दक्षिण एसियाकै उत्कृष्ट मानिएको छ ।

 

  • 53Read This News:
  • 448594Total reads:
  • 260066Total visitors: