दक्षिण किर्गिजस्तानमा पहिरोका कारण २४ जनाको मृत्यु

किर्गिजस्तान, १७ वैशाख २०७४। दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विवाद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

पहिरो स्थानिय समय अनुसार शनिबार राति ००ः४० बजे गएको र ७ वटा घर पुरेको र ६ वटा घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ । अर्को एक घरमा रहेका ४ जना पनि बेपत्ता रहेको अपुष्ट खबर छ ।

पहिरोले घरहरु पुरेपछि मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तथा उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन मन्त्रीलाई घटनास्थलमा पुगी उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ ।

शनिबार दिउँसोसम्म घटनास्थलमा १०० सेनासहित २५० उद्धारकर्मी पुगी उद्धार कार्यमा जुटेका बताइएको छ ।

उद्धारकर्मीले पहिरो गएको स्थान वरपर रहेका र जोखिममा रहेका ४० घरका बासिन्दालाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

Video source: AKLpress English: 

Video source: Ruptly TV:

 

  • 71Read This News:
  • 509289Total reads:
  • 312568Total visitors: