पाटा नेपालको क्षमता अभिवृद्धि तालिम सुरु

काठमाडौँ, ५ वैशाख २०७४। प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म नेपालमा आयोजना हुन लागेको ‘हिमालयन ट्राभल मार्ट २०१७’ तथा इन्टरनेसनल ट्राभल ब्लर्गस एन्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विद्यामा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले एक महिने तालिम सञ्चालन गरेको छ ।

‘क्यापासिटी बिल्डिङ इन माइस टुरिजम’ अभियानमा आयोजना हुन लागेको उक्त तालिममा पाटा नेपाल च्याप्टरका सदस्य शैक्षिक संस्थाबाट करिब ६० जना विद्यार्थीको सहभागिता रहेको छ । वैशाख २९ गतेसम्म विद्यार्थीलाई ‘प्रर्सनालिटि डेभलपमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट’ शीर्षकमा तालिम दिइने छ ।
तालिमको शुभारम्भ गर्दै पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले हिमालयन ट्राभल मार्टमा विद्यार्थीको भूमिका तथा उनीहरुको व्यक्तित्व विकासका निम्ति आयोजना गर्न लागेको यस तालिमको महत्वबारे प्रकाश पार्नुभयो ।

यस अभियानअन्तर्गत पाटा नेपाल च्याप्टरले एसियाली माईस् इन्डस्ट्रिजमा प्रख्यात व्यक्तित्व एवम् विज्ञ थाइल्यान्डका डा बर्ट वालविकलाई आमन्त्रण गरी वैशाख २३ र २४ गते माईस् टुरिजमसम्बन्धी दुई दिने छुटटै तालिम आयोजना गर्न लागेको पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेशसिंह बुडालले बताउनुभयो ।

 

  • 38Read This News:
  • 450583Total reads:
  • 261923Total visitors: