पोर्चुगलको एक पटाका उद्योगमा विस्फोट हुँदा ६जनाको मृत्यु, २जना बेपत्ता

पोर्चुगल, २४ चैत २०७३ । पोर्चुगलको उत्तरमा अवस्थित एक पटाका उद्योगमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएको पोर्चुगलको गृहमन्त्रालयले बुधबार जनाएको छ ।

गृह मन्त्रालय स्रोतले विस्फोटका कारणबारे अनुसन्धान गर्न तथा मृतकका शरीरको पहिचानका लागि एक छानबिन समितिको गठन गरेको उक्त मन्त्रालयका उपमन्त्री जर्ज गोमेजले बताए ।

मङ्गलबार राति भएको विस्फोटपछि उद्योगमा लागेको आगो निभाउन झन्डै एक सय अग्नी नियन्त्रकलाई लामेगोस्थित घटनास्थलतर्फ पठाइएको मन्त्रालयले जनाएको छ ।

अग्नी नियन्त्रकले घटनास्थलबाट दिएको प्रारम्भिक प्रतिक्रियाअनुसार उक्त समय उद्योगभित्र ८ जना रहेकोमा ६ जनाको मृत शरीर भेटिएको तर बाँकी २ जना जीवित पाइने आशा कम रहेको छ ।

स्थानीय सञ्चारमाध्यमले दिएको समाचारमा उद्योगमा उद्योग मालिक र उनकी छोरीसमेतको निधन भएको बताएका छन् ।

 

  • 33Read This News:
  • 448938Total reads:
  • 260405Total visitors: