आगलागीबाट रु ५ लाख बराबरको धनमाल जलेर नष्ट

मोरङ, २२ चैत २०७३ । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित थापा चोकको देवी पौडेलको घरमा गएराति आगलागी हुँदा रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गएराति १० बजेतिर विद्युत् सर्ट भई अचानक लागेको आगोले पौडेलको एक तले पक्की घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी रु ५ लाख बराबरको क्षति भएको पीडितको भनाइ छ ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा एक घन्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कर्यालय उर्लाबारीले जनाएको छ ।

 

  • 24Read This News:
  • 452754Total reads:
  • 263993Total visitors: