पहिलो एनआरएन स्पोर्टस अर्वाडबाट नवयुगलगायत अन्य खेलाडी सम्मानित

काठमाण्डौ, २२ चैत २०७३ । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले पहिलो पटक स्पोर्टस अर्वाड समारो आयोजना गर्दै नेपालका राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडीहरुलाई सम्मानीत गरेको छ ।

स्पोर्टस अर्वाड नाइटमा नेपालबाट फुटबलका अनिल गुरुङ, नवयुग श्रेष्ठ र भलिबलका पुर्व कप्तान भरत शाहलाई बिशेष अतिथीका रुपमा बोलाइएको थियो ।
एनआरएन स्पोर्टस अर्वाड अस्ट्रेलियाबाट फुटबलका जगजित श्रेष्ठ, अनिल ओझा, तिन पटक युथ १९ बिश्वकप खेलेका यशवन्त सुबेदी, प्रेम चौधरी, टी ट्वान्टी बिश्वकप खेलेका अमृत भट्टराई, सागमा उसुमार्फत स्वर्ण पदक विजेता विनिता महर्जन र रजत पदक विजेता राजु महर्जन सम्मानित भएका थिए ।

कार्यक्रमा अस्ट्रेलियामा रहेका केहि नेपाली खेलाडिहरुलाई समेत सम्मान गरिएको थियो ।

 

  • 25Read This News:
  • 509295Total reads:
  • 312573Total visitors: