अन्तर कलेज युनिभर्सिटी क्रिकेट कप आजवाट शुरु

काठमाण्डौ, २२ चैत २०७३ । अन्तर कलेज युनिभर्सिटी क्रिकेट कप मंगलबार २२ गतेदेखि २९ गतेसम्म त्रिभुवन विश्व विद्यालयको मैदान कीर्तिपुरमा आयोजना हुने भएको छ ।

आयोजक युनिभर्सिटी क्रिकेट क्लबद्वारा काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितमा उपत्यका भित्रका १६ वटा कलेजहरूले प्रतिस्पर्धा गर्ने जानकारी गराईएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ जना खेलाडी र उदयमान अन्य ३ जना खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले १ वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरू खेलाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने कलेजले १ लाख र दोस्रो हुने कलेजले ५० हजार रुपैँया प्राप्त गर्ने छन् ।

यसैगरी उत्कृष्ट खेलाडीहरूलाई खेल सामग्रीहरू प्रदान गरिने छ ।

 

  • 26Read This News:
  • 448938Total reads:
  • 260405Total visitors: