सप्तरीको पूर्वी भेगमा दुईफिट बाक्लो असिना, बालीमा ठूलो क्षति

सप्तरी, ७ चैत २०७३। आज बेलुकी वर्षासँगै परेको असिना पानीले गर्दा सप्तरी जिल्लामा लगाइएको विभिन्न बालीमा ठूलो क्षति पुगेको छ ।

जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा अत्यधिक मात्रामा परेको असिनाले पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर, रुपनगर, बक्दुवा, जण्डौल र बरमझियालगायत ठाउँमा करिब २ फिटसम्म असिना जमेको छ ।

त्यस्तै, वर्षासँगै परेको असिनाले जिल्लामा रहेको आँप, गहुँबाली, मुंगसहित आँपको मुजुरामा ठूलो क्षति पु¥याएको रुपनगरका उत्तम आचार्यले बताउनुभयो । यस्तो असिना करिब २०–२५ वर्षपछि मात्र सप्तरी जिल्लामा परेको बताइएको छ । असिनासँगै परेको पानीले गर्दा जिल्लामा चिसोसमेत बढेको छ ।

 

  • 46Read This News:
  • 419089Total reads:
  • 231815Total visitors: