नदीमा बगिरहेका बालकको उद्धार

स्याङ्जा, २७ असोज २०७३। स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ ।

आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गर्नुभएको हो । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भन्नुभयो, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफल भएँ ।”

राधा दामोदर आरोग्य वृद्धाश्रममा बस्दै आउनुभएकी आमा कमला घिमिरेसँगै बालक बस्दै आएका छन् ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्नुहुने स्थानीय होटल व्यवसायी रेशम पोख्रेललाई ग्रामीण सहारा समाज साँखर, साँखरका स्थानीयवासी र साँखर प्रहरी चौकीले प्रमाणपत्र र दोसल्लाले सम्मान पनि गरेको छ ।

 

  • 48Read This News:
  • 405528Total reads:
  • 218912Total visitors: