एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते हुँदै

कास्की, ७ माघ २०७३। भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २५ हजार र रु ४ हजार पाउने छन् ।

सो अवसरमा छात्रछात्रा ५ किलोमिटर र पुरुष महिला ब्ह्लिचियर प्रतियोगिता पनि आयोजना गरिनेछ ।

५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७, ५ र ३ तथा ब्ह्लिचियरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३, २ र १ हजार रुपैयाँ पाउने पोखरामा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनुभयो ।

पोखराको पर्यटकीय प्रवद्र्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

मञ्चका अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले कम्पनीले प्रतियोगिता सञ्चालनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

  • 39Read This News:
  • 417657Total reads:
  • 230412Total visitors: