दिदीवहिनीहरुले यसरी मनाए तीज

तिजको दिन दिनभर ब्रत बसेर नाचगान पछि शिवजीको पुजा आराधना गर्दै नेपाली महिलाहरु

भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ ।

पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी जगतका पालनकर्ता भगवान् विष्णु अर्थात हरिसंग शिवलाई प्राप्त गर्न विधिको तालिका लिइ पार्वतीले हरि विष्णुले दिएको तालिका अनुसार ब्रत पुजा गरी भगवान शिवलाई प्राप्त गरेकोले त्यो पुजा विधि तालिकालाइै अर्थात भगवान विष्णु अर्थात हरिले दिएको पुजा विधी तालिकालाई हरिलातिका भनिन्छ ।

नेपाली दिदीवहिनीहरुले यसरी मनाए यो वर्षको तीज

 

  • 279Read This News:
  • 481990Total reads:
  • 288952Total visitors: