तिजको दर ढकनी

 

भोली महिलाहरुको महान तथा मेलमिलापको पर्व तिज

तिजको दिन दिनभर ब्रत बसेर बिभिन्न शिवको मन्दिरमा दर्शन गरी नाचगान गरि मनाइन्छ । भनाइ छ सत्य युगमा पार्वतीले शिव पतिको रुपमा पाउँभनी ब्रत बसेको हुँदा हिन्दुको बसोवास भएको बिश्वका हिन्दु महिलाहरु तिजको दिन आफ्ना पति शिव जस्तो होस पतिको जीवन दिर्घायु होस भनि ब्रत बस्ने गर्दछ ।

तिज मान्नकालागि माइतिघरका दाजुभाइले आफना छोरीचेलीलाईलाई तिज मनाउनको लागि माइतिघरमा लिएर आउने वा वोलाउने चलन छ ।

तिजको दिन दिनभर भोकै बस्ने भएकोले तिजको दिन भन्दा एक दिन अगाडी दर खाने चलन छ । आज दरखाने दिन हो । दर तिजको दिन उज्यालो हुनु अगावै खाने र तिजको दिन उज्यालो भएपछी दिनभर भोकैबस्ने चलन छ ।

दरको रुपमा विभिन्न प्रकारका पक्वानका साथै फलफुल मिठाइहरु खाने गरिन्छ । यसैक्रममा दरको रुपमा धेरै पहिलादेखी गाउँघरमा पकाउने वा दाने परिकार हो ढकनी

दरको रुपमा खाने ढकनी कसरी बनाउनेत ?

ढकनी (दर) बनाउने तरिकाको जानकारीको लागि यो भिडियो हेर्नुहोला

https://youtu.be/ZKqSj3E2JAM

 

  • 191Read This News:
  • 404782Total reads:
  • 218241Total visitors: