कैनबरामा अचानक लकडाउन

अस्ट्रेलियाको राजधानी कैनबरामा कोविड १९ को एक व्यक्तिमा देखिएपछि आज एक हफ़्ताका लागि लॉकडाउन गरेकोछ । त्यहाँको स्थानिय समय अनुसार शुक्रवार साँझ ५ बजेबाट लागु गरेकोछ । क़रीब चार लाख जनसंख्या रहेको अस्ट्रेलियाको राजधानी क्यानवेरा क्षेत्र में यो लकडाउन घोषणा गरेको हो ।

लकडाउनमा मानिसहरु आबश्यक परेमा मात्र कारण सहित घर बाहिर निस्कन पाउनेछ । क्यानवेरामा आजबाट सरकारले घोषणा गरेको लकडाउन शुरुहनु पुर्व जनताहरु अत्यावश्यक सामान किन्न विभिनन पसलहरुमा ठुलो भीड लागेको थियो

अस्ट्रेलिया सरकार अत्यधिक संक्रामक डेल्टा स्ट्रेन रोक्ने प्रयास स्वरुप यो कदम चालेको हो । सरकारले यो भन्दा पहिलेनै प्रमुख शहर सिडनी र मेलबर्न लकडाउन लगाइसकेकोछ ।

यसका साथै न्यू साउथ वेल्सको ठुलो क्षेत्रमा लकडाउन गरेकोछ ।

 

  • 122Read This News:
  • 501834Total reads:
  • 305386Total visitors: