हुम्ला, २० मङ्सिर २०७३ । योङ स्टार क्लबको आयोजनामा भएको सातौँ भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
जिल्लाका २७ मध्ये २३ गाविसले प्रतियोगितामा भाग लिएकामा दामा गाविस विजयी भएको थियो ।
प्रजिअ डा कृष्णबहादुर घिमिरेले दामा गाविसका खेलाडीलाई प्रथम पुरस्कारस्वरुप रु ५० हजार, पदक र प्रमाणपत्र, द्वितीय सायाँ गाविसलाई रु २० हजार र प्रमाणपत्र र तृतीय सिमकोट गाविसलाई रु १५ हजार प्रमाणपत्र प्रदान गर्दै हरेक राष्ट्रिय खेलमा भाग लिन जिल्लाका खेलाडीसँग आग्रह गर्नुभयो ।


