युवा विद्यार्थीद्वारा भारतिय राजदूतावास अगाडि प्रदर्शन

काठमाडौँ, २० मङ्सिर २०७३। संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडी आज प्रदर्शन गरेका छन् ।

मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा ९माओवादी० निकट युवा एवम् विद्यार्थी सङ्गठन आबद्ध छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लबजु, नेपाल युवक सङ्गठनका तिलक थापालगायतले नेपालको राजनीतिमा हस्तक्षेप नगर्न आग्रह गर्नुभएको थियो ।

 

  • 54Read This News:
  • 507227Total reads:
  • 310537Total visitors: