भुटानको माथिल्लो सदनद्वारा क्षेत्रीय यातायात सम्झौता अस्विकृत

भुटान, ९ मङ्सिर २०७३। भुटानको राष्ट्रिय परिषद (माथिल्लो सदन)ले भुटान बङ्गलादेश, भारत र नेपालबीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत गरेको छ ।

वातावरणीय प्रदुृषण र सुरक्षा चुनौतीको चिन्ता व्यक्त गर्दै भुटानले बङ्गलादेश, भुटान, भारत र नेपालको सहभागीता रहेको बिबिआइएन नामक दिइएको यो सम्झौता माथिल्लो सदनले अस्विकृत गरेको हो ।

भुटानको माथिल्लो सदनमा कुल २५ जना सांसदहरु मध्ये २० जना मात्र उक्त मतदानमा सहभागी रहेकोमा २ जनाले सम्झौताको पक्षमा १३ जनाले विपक्षमा र ५ जना भने कतै पनि मतदान गरेन।

४ देशका नेताले गत सन् २०१५ को जुनमा भुटानको राजधानी थिम्पुमा सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सबै देशले पारित गरेपछि मात्रै सम्झौता लागू हुने व्यवस्था रहेको छ । बङ्गलादेश, भारत र नेपालले यसअघि नै यस सम्झौतालाई अनुमोदन गरिसकेका थिए ।

यदी यो सम्झौता पारित भएको भए, भुटानका नागरिक, यात्रुबहाक सवारी साधन र मालबहाक सवारी साधनहरु यी चारै देशमा आवतजावत गर्न पाउने थिए ।

भुटानको स्थानीय बासिन्दा, ट्रक तथा ट्याक्सी चालक र आलोचकहरुले सरकारको यो सम्झौताको विरोध गर्दै आइरहेका थिए ।

 

  • 36Read This News:
  • 458930Total reads:
  • 268476Total visitors: