ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

नवलपरासी, २८ असोज २०७५ । पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको एमएच४६बिबि ८२११ नं को भारतीय ट्रकले साइकलयात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खनालको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताउनुभयो ।

 

  • 37Read This News:
  • 532306Total reads:
  • 335217Total visitors: