पाकिस्तान, २२ असार २०७५ । पाकिस्तानको पुर्वी पञ्जाव प्रान्तमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीले दिएको जानकारी अनुसार बिहीबार भएको दुर्घटनामा परी अरु ९ जना घाइते भएका छन् ।
यात्रु बोकेको भ्यान एउटा ट्रकसँग राष्ट्रिय राजमार्गमा पर्ने रहिम यार खान जिल्लामा ठक्कर खाँदा दुर्घटना भएको समाचारमा जनाइएको छ ।
घाइतेहरूलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ । घाइते हुनेमा महिला र बालबालिका समेत रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले भ्यानको तीव्र गतिका कारण दुर्घटना भएको देखाएको छ । तर थप अनुसन्धान भने भइरहेकोले अन्तिम निश्कर्ष भने आइनसकेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानमा हरेक महिना ठूलो संख्यामा सडक दुर्घटनाहरु हुने गरेका छन् । दुर्घटनामा परी बर्षेनी हजारौंको ज्यान जाने गरेको छ भने त्यो भन्दा धेरै घाइते हुने गरेका छन् ।
पर्याप्त मर्मत नगरिएका सवारी साधन, सडकको खराव अवस्था र सवारी चालकको लापर्वाहीका कारण दुर्घटना धेरै हुने गरेको जानकारहरु बताउछन् ।


