डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

Photo source: www.news.com.au

थाइल्याण्ड, २२ असार २०७५ । दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् ।
थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिुनभएको बैंककबाट प्राप्त समाचारमा जनाइएको छ ।

करिब १४८ जना व्यक्ति सवार रहेका यस डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । यस दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

बिहीबार भएको यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको भने पुष्टि भएको छ । मृत्यु भएकामा प्रायः सबैजसो चिनियाँ पर्यटक भएको बताइएको छ ।

दुर्घटनाग्रस्त भएको सो डुङ्गाबाट उद्धार गरिएका ९४ जना यात्रुमा ७६ जना चिनियाँ पर्यटक रहेका छन् । यस दुर्घटनामा घाइते भएका ११ व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

हराएकाको खोजी तिब्र गतिमा भएको र यस कार्यको लागि थाइ प्रहरी, सैनिक, नौसना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाई सरकारी स्रोतले जानकारी दिएको छ ।THAILAND-ACCIDENT-BOAT

(180706) -- PHUKET, July 6, 2018 (Xinhua) -- Rescued tourists receive medical treatment on the island of Phuket, Thailand, July 5, 2018. Until 8:30 p.m. local time (1330 GMT) Thursday, the majority of 133 passengers on two boats overturned by rough seas in southern Thailand were saved, but the Thai authority cannot confirm all of them are saved now, said Chinese Consulate-General in Songkhla on Thursday.(Xinhua) (srb)

 

  • 42Read This News:
  • 486818Total reads:
  • 291392Total visitors: