मलेसिया, ११ जेठ २०७५ । मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ ।
मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)को मुख्यालयमा उहाँसँग झण्डै ६ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् ।
राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले उहाँलाई बिहीबार घर फर्कन पाउने व्यवस्था गरेको हो ।
पुर्वप्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार विहान ९ः४५ बजे पुग्नु भएको थियो भने ४ः४५ मा बाहिरिनु भएको थियो ।
नाजिबसँग पहिलो चरणको सोधपुछ मंगलबार गरिएको थियो ।


