मर्केल र ली इरान आणविक सम्झौता, खुला व्यापारको पक्षमा

चीन, ११ जेठ २०७५ । जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खचियाङले इरान आणविक सम्झौताको पक्षमा धारणा राख्नुभएको छ ।

चीन भ्रमणमा रहनुभएकी मर्केलसँगको कुराकानीमा इरान आणविक सम्झौताको भङ्ग भएमा उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने प्रयाससमेत प्रभावित हुनसक्नेतर्फ सङ्केत गर्नुभयो ।

दुई नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व समुदायले प्रभावित हुनु परेको भनिएको खुला व्यापार नीतिबारे पनि विश्वप्रसिद्ध चिनियाँ ग्रेट हलमा कुराकानी गर्नुभएको थियो ।

यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका विभिन्न ६ शक्तिराष्ट्रसँग इरानले गरेको सम्झौतासँग बाझिने गरी इरानमाथि पुन आर्थिक प्रतिबन्ध लगाएको थियो ।

उक्त अवसरमा लीले भन्नुभयो, “तेहरानसँगको सम्झौता तोड्दा यसले इरानलाई मात्र प्रभावित पार्ने नभै यसबाट शान्तिपूर्ण तवरबाट समाधान गर्न सकिने जल्दाबल्दा अन्तर्राष्ट्रिय बिषयवस्तुलाई नकारात्मक प्रभाव पार्नसक्छन् ।”

उक्त अवसरमा जर्मन चान्सलर मर्केलले ट्रम्पका पछिल्ला कदमबाट यूरोपको अर्थतन्त्रमा परेको प्रभावबारे कुरा गर्नुभएको थियो ।

यदि यूरोपेली कम्पनीहरूले अमेरिकी कानूनको दोष देखाउँदै इरानमा रहेका आफ्ना गतिविधिबाट पछि हट्ने वा खुम्च्याउने हो भने यसले अन्य मुलुकमा व्यापार बढाउने मर्केलको भनाई थियो ।

Xi Jinping,Angela Merkel

जर्मन चान्सलर मर्केलले चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटमा चीनले गाडीको आयात कर घटाएकोमा चीनको कदमको स्वागत गर्नुभएको थियो । यसले अन्य देशसँगको व्यापारिक कारोवारलाई वृद्धि गर्ने बताउनुभएको थियो । उहाँले विश्व निकै परिवर्तनशील रहेको र चिनियाँ कम्पनी तथा फर्मले जर्मनमा लगानी भित्राउने प्रयासमा खुला व्यापार नीतिले नयाँ बाटो खोल्ने बताउनुभयो ।

 

  • 45Read This News:
  • 532150Total reads:
  • 335063Total visitors: