बारामा ६६ करोडको मसुरो उत्पादन

वारा, २६ वैशाख २०७५ । बारामा यसवर्ष रु ६६ करोड ३ लाख लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४/७५ मा कृषकले कूल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए ।

वरिष्ठ अधिकृत शिवरत्न साहले गत वर्षभन्दा यसवर्ष करीब १हजार ६०० हेक्कटर क्षेत्रफलमा मसुरोखेती हुननसक्दा उत्पादनमा कमी आएको बताउनुभयो ।

कलैया बजारमा मसुरोको मूल्य प्रतिकिलो रु ५५ रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा कृषकले कूल ११ हजार ६०० हेक्टर क्षेत्रफलमा रु ७७ करोड १४ लाखको ९५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो ।

 

  • 56Read This News:
  • 532402Total reads:
  • 335303Total visitors: