कृषि उपज बजारिकरणको जिम्मा नगरपालिकाले लिने

पर्वत, २६ वैशाख २०७५ । किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ ।

फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो ।

“किसानले बिक्री गर्न नसकेको अन्नबाली, तरकारी, दूध, अण्डालगायत वस्तु नगरपालिकाले किनिदिन्छ” फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले भन्नुभयो, “अब वस्तु बिक्रीको समस्या हुन्न ।”

चालु आवमा फलेवास नगरपालिकाले रु २ करोड ५० लाख बराबरको किसानलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरेको छ । फलेवास नगरपालिकाको शंकरपोखरी, देवीस्थान, कुर्घा, पाङराङ र कार्कीनेटा तरकारी उत्पादनको पकेट क्षेत्र हो । शंकरपोखरी, कुर्घा, लिमिठाना र कार्कीनेटामा दूध उत्पादन पर्याप्त मात्रामा हुन्छ ।

 

  • 54Read This News:
  • 532396Total reads:
  • 335297Total visitors: