भारतिय चलचित्र कलाकार सलमान खानलाई जमानत

भारत, २५ चैत २०७४ । भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उहाँका वकीलले बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भन्नुभयो, एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गर्नुभएको छ । सम्भवत उहाँ शनिबार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।

विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेतामध्येका सलमान खानलाई बिहीवार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो ।

 

  • 30Read This News:
  • 481792Total reads:
  • 288932Total visitors: