भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै

काराकास, १७ चैत २०७५ । राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ ।

लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन कष्टकर बन्दै गएको थियो ।

सहरको अत्यन्त महत्वपूर्ण मानिएको सार्वजनिक यातायात सेवा शुक्रबार बिहानदेखि सुचारु भएको अधिकारीहरुले जनाएका छन् ।

राज्यद्वारा सञ्चालित टेलिभिजन मार्फत् सम्बोधन गर्दै काराकास महानगरका अध्यक्ष सेजार भेगाले सहरको जनजीवन सामान्य बन्दै गएको दावी गर्नु भएको हो ।

उहाँले भन्नुभयो, “हामीले बिस्तारै यातायात सेवालाई सुचारु गराएका छौँ भने अवरुद्ध भएका अन्य सेवाहरु पनि सुचारु गराउने छौँ ।”

उहाँले भेनेजुएलाका अन्य सहरहरुको अवस्था पनि उस्तैगरी सुधार हुँदै आएको दावी गर्नुभयो । शुक्रबारदेखि स्थानीय बासिन्दा काममा फर्कन थालेको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाको गतिविधि बढ्न थालेपछि सहरको चहलपहल बढेको र मुख्य सडकहरुमा भिडभाड हुन थालेको नगर अध्यक्ष भेगाले बताउनुभयो ।

आन्दोलनका कारण खानेपानी वितरणमा समस्या आएकामा अहिले ८४ प्रतिशत सेवा सुचारु भएको खानेपानी मन्त्री एभेल्यान भास्क्वेजले जानकारी दिनुभयो ।

 

  • 122Read This News:
  • 502614Total reads:
  • 306094Total visitors: