ब्रेक्जिटलाई पछि सार्र्नेे विषयमा संसद्बाट निर्णय लिइनेः प्रधानमन्त्री मे

बेलायत, १५ फागुन २०७५ ः आफूले युरोपेली युनियन (ईयू) सँग गरेको सम्झौतालाई अनुमोदन पनि नगर्ने र ईयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिएमा ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने विषयमा निर्णय लिन आफूले संसद्को सहारा लिने प्रधानमन्त्री टरिजा मेले मङ्गलबार बताउनुभएको छ ।

“यदि ती दुवै विकल्प अस्वीकृत भएमा सरकारले आगामी मार्च १४ मा संसद्मा धारा ५० अन्तर्गत तोकिएको बहिर्गमन प्रक्रियालाई छोटो तर निश्चित समयका लागि पर सार्र्न मतदानमार्फत सांसदबाट अनुमति लिने निर्णय मेरो रहेको छ,” प्रधानमन्धी मेले भन्नुभयो ।

उहाँले भन्नुभयो, “बहिर्गमन प्रक्रियामा हुने ढिलाइ आगामी जुनसम्मका लागि पछि सार्नेबारे संसदमा छलफल गरिनेछ ।”

युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) विषयमा यस साता संसद्मा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले दुई दिन पहिले बताउनुभएको थियो ।

प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भन्नुभयो, “मतदानको दिन केही पर सर्ने सम्भावना भए पनि आगामी मार्च १२ सम्ममा संसद्मा मतदान गरिनेछ ।”

 

  • 83Read This News:
  • 503517Total reads:
  • 306989Total visitors: