याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव हुँदै

काठमाडौँ, ९ जेठ २०७५ यही जेठ ११ देखि १९ गतेसम्म स्थानीय याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ ।

नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस पेरेराले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिँदै श्रीलंका र नेपालबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरानो भए पनि जनस्तरको सम्बन्ध शताब्दीऔँ पुरातन रहेको बताउनुभयो ।

“बुद्धको जन्मस्थल नेपाल हरेक श्रीलंकालीका निम्ति पवित्र तीर्थस्थल हो, धर्म र संस्कृतिले हाम्रो सम्बन्धलाई अझ प्रगाढ एवं सुदृढ तुल्याएको छ, यस्ता खाद्य महोत्सवले आर्थिक सम्बन्ध विस्तारमा पनि मद्दत गर्छ,” जनस्तरको सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै उहाँले भन्नुभयो ।

महोत्सवमा ८३ वर्षीय श्रीलंकाली पाककलाका जानकार डा पुबिस सिल्भाले पस्कने विविध परिकारको स्वाद लिन पाइने छ ।

पत्रकार सम्मेलनमा उहाँले श्रीलंकाली खानामा औषधिजन्य मरमसलाबाहेक कृत्रिम र स्वाद मिसेर खाना तयार नगर्ने परम्परा रहेको बताउनुभयो ।

 

  • 68Read This News:
  • 532141Total reads:
  • 335054Total visitors: