लेबनानमा संसदीय निर्वाचनका लागि मतदान

लेबनान, २४ वैशाख २०७५ । लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भयो ।

कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने त्यसमध्ये १११ जना महिला रहेका छन् ।

सन् २०१३ मै संसदको म्याद सकिएको भएपनि विभिन्न कारणले पटक पटक निर्वाचन पछि सर्दै गएकोमा अहिले बल्ल निर्वाचन भएको हो ।

नवनिर्वाचित संसदले राष्ट्रपतिको निर्वाचन र यहाँको सरकारलाई समेत अनुमोदन गर्ने वा नयाँ सरकार निर्माण गर्नेछ ।

सन् २०१४ को मे २५ मा लेबनानका राष्ट्रपति मिचेल सुलेमनको कार्यकाल सकिए पनि संसदले नयाँ राष्ट्रपति चयन गर्न असफल भएको थियो । त्यसपछि पनि संसदीय निर्वाचन सम्भव भएको थिएन ।

राजनीतिक विवादका कारण राष्ट्रपतिले आह्वान गरेको निर्वाचनका लागि पटक पटकको प्रयास पनि असफल भएको थियो । सोही बमोजिम अब यस पटक भने निर्वाचन सम्भव भएको छ ।

यहाँको राजनीतिमा ठूलो विवाद उत्पन्न हुनुका साथै खालीपन भएकोले यसको पूर्तिका लागि आइतबारको निर्वाचनले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

यसअघिका समय समयमा सरकार निर्माण गरेका दलहरु नै आइतबारको निर्वाचनमा सहभागी भएका छन् । यसका कारण नागरिकमा खुसियाली छाएको पनि विभिन्न समाचारमा जनाइएको छ ।

 

  • 32Read This News:
  • 532098Total reads:
  • 335011Total visitors: