२७ हजार किलो अवैध जडीबुटी बरामद

बाजुरा, ३९ मङ्सिर २०७३ । उत्तरी बाजुराको कोल्टीका विभिन्न बजारबाट अवैधरुपमा सङ्कलित करिब २७ हजार किलोग्राम जडीबुटी प्रहरीले बरामद गरेको छ ।

स्थानीयवासीहरुले अवैधरुपमा सामुदायिक वन र राष्ट्रिय वनहरुबाट सङ्कलन पुर्जीभन्दा बढी सङ्कलन गरी बजारमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम विभिन्न जडिबुटी बरामद गरी इलाका वन कार्यालय कोल्टीमा बुझाएको बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।

स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले आज ती स्थानमा छापा मारेर जटामसी, चिराइतो र कटुकी जस्ता जडीबुटी बरामद गरेको हो ।

यता, जिल्ला वन कार्यालय बाजुराका जिल्ला वन अधिकृत बेसेन्द्रराज सुवेदीले अवैधरुपमा सङ्कलित जडीबुटीको पूर्जी छानविन गर्न बाँकी रहेकाले यसबारे अहिले नै केही भन्न नमिल्ने बताउनुभयो । जिल्लाका कोल्टी, विच्छ्या रुगिन, दहकोटलगायतका गाविसबाट जडीबुटी सङ्कलन हुने गरेको छ ।

 

  • 60Read This News:
  • 503107Total reads:
  • 306580Total visitors: