हृदयाघातका कारण सहायक मतदान अधिकृतको मृत्यु

कैलाली, १९ मंसिर २०७४ । कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ ।

बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत हुनुहुन्थ्यो ।

मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस हुनुभएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याउने क्रममा बाटामै सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो ।

 

  • 43Read This News:
  • 509238Total reads:
  • 312519Total visitors: