सेतुवन्ध भन्सार कार्यालय सुनसरीद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

सुनसरी, ८ साउन २०७५ । सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९.६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिनुभयो ।

गत आवमा रु १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले रु २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ । कार्यालयले साउनमा रु ५१ लाख ३७ हजार, भदौमा रु १ करोड ८६ लाख ५३ हजार, असोजमा रु २ करोड १२ लाख ६५ हजार, कात्तिकमा रु २ करोड ६ लाख ७३ हजार र मंसिरमा रु २ करोड २१ लाख ७९ हजार राजश्व संकलन गरेको थियो ।

यस्तै पुसमा रु २ करोड ४६ लाख ३ हजार, माघमा रु २ करोड ७५ लाख ४१ हजार, फागुनमा रु १ करोड ६७ लाख ९ हजार, चैतमा रु १ करोड ८५ लाख ४७ हजार र वैशाखमा रु २ करोड ३४ लाख ६३ हजार राजश्व संकलन गरेको थियो ।

 

  • 46Read This News:
  • 483953Total reads:
  • 289532Total visitors: