सेती नदिमा डुवेर बेपत्तामध्य एक महिलाको शव फेला

कास्की, ५ साउन २०७४। सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका ३ जनामध्ये १ जनाको शव फेला परेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपति घाटबाट बेपत्ता भएकी दाङ जिल्लाको बणगलाचुली गाउँपालिका–३ पाखापानी बस्ने १८ वर्षीया संगीता नेपालीको शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको छ ।

बुधबार साँझ भेटिएको शव मृतकको सानीआमा सुमित्रा नेपालीले सनाखत गरी परीक्षणका लागि जिल्ला अस्पताल तनहुँमा पठाइएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सोमबार साँझ नुहाउने क्रममा सेतीनदीमा डुबेर उनीसँगै बेपत्ता भएका दाङ जिल्ला ताफेका १९ वर्षीय धोनी नेपाली र १७ वर्षीय सुनिल परियार अझै बेपत्ता छन् ।

 

  • 24Read This News:
  • 483808Total reads:
  • 289436Total visitors: