मोरंग, १८ असार २०७४। विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले ३ हजार ८७३, नेकपा (एमाले)का विनोदकुमार ढकालले २ हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १ हजार ६३१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले ३ हजार ३५१, नेकपा (माओवादीकेन्द्र)की नमीता न्यौपानेले १ हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १ हजार ५३६ मत प्राप्त गर्नुभएको छ ।
१, २, ३, ४, १६ र १८ नं वडाको मतगणना भने जारी छ ।


