विद्युत् चोरी गर्ने २४ जना पक्राउ

File photo

सिराहा, २७ असोज २०७४ , हुकिङ गरी विद्युत् चोरी गर्ने करिब २ दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले २ दिनको अवधिमा लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, मोतीपुरलगायतका स्थानबाट २४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चोरी ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा विद्युत् मिटर २६ थान, ४ थान पंखा र २ थान टिभीसमेत बरामद गरिएको छ ।

 

  • 40Read This News:
  • 504523Total reads:
  • 307969Total visitors: