विद्यालयमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु

संयुक्त राज्य अमेरिका, ५ जेठ २०७५ । अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ ।

टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिनुभएको छ ।

विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाका कारण अत्यन्त मर्माहित भएको बताउनुभयो ।

घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिनुभयो ।

 

  • 43Read This News:
  • 532118Total reads:
  • 335031Total visitors: