वलिउड कलाकार सलमान खान ग्लोबल डायभर्सिटी अवार्ड–२०१७ बाट सम्मानित

वेलायत, १ असोज २०७४ । भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ ।

सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पुर्याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ ।

बेलायती संसदमा लामो समयदेखि सांसद रहनुभएका भारतीय मुलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गर्नुहुँदै भन्नुभयो, “सलमान खान विश्वभरका लाखौँ मानिसबीच अभिनय गर्ने मोडेल तथा नायक हुनुहुन्छ । भारतीय सिनेमा जगतमा त उहाँ एक सफल व्यक्तित्व हुनुहुन्छ न यस बाहेक उहाँ एक प्रसिद्ध समाजसेवी पनि हुनुहुन्छ । ”

“सलमानखानको एक गैरसरकारी संस्था, विइङ ह्युमन, ले भारतीय गरीब जनताको जीवन परिवर्तनमा उल्लेखनीय भूमिका रहेको छ । यो सम्मान उहाँलाई दिन पाउँदा म बहुतै खुशी भएको छु ।”

पुरस्कृत अभिनेता सलमानले आँफूले शनिवार ग्रहण गरेको पुरस्कार सम्मानित पुरस्कार भएको जनाउँदै उनका पिताले कहिल्यै पनि मैले यो पुरस्कार लिन पाँउला भन्ने सोच्नु भएको थिएन तर मैले यो सम्मान पाएको छु । म अत्यन्तै खुशी छु । मैले यस अवसरमा सवै प्रशंसकको धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

 

  • 67Read This News:
  • 502125Total reads:
  • 305640Total visitors: