लाओसमा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता

रसिया, ९ साउन २०७५ ।दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन् ।

घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

अत्यधिक वर्षासँगै आएको बाढी पहिरोका कारण बाँधको पर्खाल भत्कीएको निर्माणकर्ताहरूले जानकारी दिएका छन् ।

सो बाँधबाट कम्तीमा ६ वटा गाँउका बासिन्दालाई प्रभाव पारेको अधिकारीहरूले मंगलबार बताएका छन् ।

सोमबार बेलुका कम्बोडियाको सीमा क्षेत्रमा पर्ने ठाउँमा भएको घटनाका कारण ६ हजार ६ सय जना स्थानीय बासिन्दा घरबार बिहीन भएको पनि समाचारमा जनाइएको छ ।

 

  • 18Read This News:
  • 484102Total reads:
  • 289617Total visitors: