रूसी प्रतिपक्षी नेता नाभाल्नीसहित ३५० पक्राउ

रूस, २३ वैशाख २०७५ । रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उहाँको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ ।

रूसी राष्ट्रपतिले भोली सोमबार चौँथो कार्यकालको लागि शपथ खानुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पुटिनको विरुद्ध ४१–बर्षीय नेता नाभाल्नीसहित ठूलो मास मध्य मस्कोमा प्रदर्शन गर्दै पुटिनविरुद्ध उत्तेजित नारा लगाएका प्राप्त सूचनामा जनाइएको छ । उनीहरूले नेता नाभाल्नीसहित अन्य सहभागीलाई पक्राउ गरेपछि सन् २०१४ मा क्रेमलिन समर्थक युक्रेनी शासकलाई पदच्युत गर्न प्रभावकारी मानिएका नारा लगाएका बताइएको छ ।

जुलुस शुरूहुनु पूर्वनै प्रहरीले सहभागीलाई तितरवितर पार्न हतियार चलाउनसक्ने चेतावनी दिएको छ ।

प्रदर्शनकारीले ‘चौँथो कार्यकाल जनता जेलमा धिक्कार छ’ भन्ने भावका नारा लगाउदै जुलुसमा उल्लेख्य सहभागिता जनाएको थियो ।

रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा पनि हजारौँको सङ्ख्यामा निस्केका जुलुसमा ‘जारको पतनसँगै रूस स्वतन्त्र हुनेछ ।’ रूसमा पुटिनका विरोधीहरूले उहाँलाई ‘नवजार’ को रूपमा लिने गर्छन् ।

केहीले अर्को छ वर्ष रूसको दुर्दशा र इन्टरनेटका स्वतन्त्रताका लागि सङ्घर्ष भन्ने नारा बोकेर जुलुसमा सहभागिता जनाएका थिए ।

 

  • 53Read This News:
  • 502857Total reads:
  • 306333Total visitors: