राष्ट्रपतिवाट तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौँ, १४ चैत २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम उहाँले बुधवार सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रासस

 

  • 91Read This News:
  • 503721Total reads:
  • 307173Total visitors: